भक्तपुरमा इनारबाट निस्कियो ग्यास

 असार २३, २०७७ मंगलबार २१:३७:१९ | रासस
unn.prixa.net

भक्तपुर – चाँगुनारायण नगरपालिका २ हिन्दुनगरमा मङ्गलबार बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते हुनुभएको छ ।

भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाई कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उहाँको अनुहारसहित केही भाग जलेको हो । 

उहाँको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उदयपुर स्थायी घर भएकी उहाँले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी इनार खन्नुभएको थियो । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ ।

सलाई कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो । यस वडाध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिनुभएकाे थियाे ।

अन्तिम अपडेट: चैत २२, २०८०

1 Comments

  • Deepak acharya

    July 8, 2020, 11 a.m.

    राम्रो खबर , तर प्रयोगमा आउँछ कि ? यसमा पनि राजनीति चल्ने हो कि भन्ने पो पीर भयो /

  •  0 Reply

तपाईको प्रतिक्रिया