पहिरोमा फसेकी महिलाको १८ घण्टापछि उद्धार

 असार २३, २०७७ मंगलबार १८:४:२६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा पहिरोमा फसेकी एक महिलाको उद्धार गरिएको छ । 

पहिरोको दलदलमा भासिएकी मुसिकोट नगरपालिका २ की ५५ वर्षीया तारा कुमाललाई १८ घण्टापछि स्थानीयहरुले उद्धार गरेका हुन् । कुमाललाई सोमबार बेलुकी ६  बजेतिर खेतमा पहिरोले बगाएको मकै लिएर फर्कँदै गर्दा पहिराेले बगाएको स्थानीयले बताएका छन् । ​

उद्धार गरिएकी महिलालाई अहिले स्थानीय घरमा राखिएको छ । कुमाललाई उपचारकाे लागि सदरमुकाम तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिनुभयो । 

गएको बिहीबार राति आएको बाढीले बगाउँदा बेपत्ता बनेका मुसिकोट नगरपालिका २ का ५५ वर्षीय भागीरथ घिमिरे  भने अझै भेटिनुभएकाे छैन । 

अन्तिम अपडेट: चैत १८, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया