कीर्तिपुर शहरको 'सिटी अन द हिल' ब्राण्ड लोगो अनावरण

 असार २३, २०७७ मंगलबार १८:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको कीर्तिपुर शहरले नयाँ ब्राण्ड 'सिटी अन द हिल' को ब्राण्ड लोगो अनावरण गरेको छ । 

लोगो सार्वजनिक गरेसँगै कीर्तिपुर नेपालकाे पहिलो औपचारिक ब्राण्डिङ भएको शहर बनेको छ । कार्यक्रममा ब्राण्ड विवरण, लोगो र अभियानलगायतका विषयमा प्रस्तुति गरिएको थियो । 

कार्यक्रममा मेयर रमेश महर्जनले वर्तमान महामारीको कारण यस्तो ऐतिहासिक उपलब्धि सार्वजनिक गर्न नसकिएको बताउँदै कीर्तिपुरले महामारीपछि भने आफूलाई पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डाक्टर धनञ्जय रेग्मीले कीर्तिपुरको खाना, उत्सव, संस्कृतिमा छुट्टै विशेषता रहेको बताउँदै कीर्तिपुर शहरलाई आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

शहर ब्राण्डिङले विगतमा पर्यटन व्यवसायलाई विभिन्न सङ्कटबाट उकास्न मद्दत पुर्‍याएकाे बताउँदै उहाँले कीर्तिपुरलाई पनि यस नयाँ ब्राण्डिङले आन्तरिक र विदेशी पर्यटकमाझ स्थापित गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया