'नक्कली विज्ञापनको लोभमा नफसाैँ, जमिनसमेत धिताे राखेर पैसा दिएकाे पाइएकाे छ'

 असार २३, २०७७ मंगलबार २०:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीको महानगरीय अपराध महाशाखाले नक्कली विज्ञापनकाे लाेभमा नफस्न आग्रह गरेकाे छ । 

विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महँगाे सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न महाशाखाले अनुरोध गरेको हाे ।

महाशाखाले सूचना निकालेर यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आईएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरि नगरि ठगी गर्ने गरेको भन्दै प्रहरीले सचेत गराएको हो ।

यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । यसरी लोभमा फस्दा जग्गा जमिनसमेत धितो राखेर पैसा दिएको पाइएको महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया