सिरि ए फुटबलमा युभेन्ट्सको हार

 असार २४, २०७७ बुधबार ६:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स एसी मिलानसँग पराजित भएको छ । गएराति दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसँग ४–२ गोल अन्तरले हार व्यहोरेको हो।

ज्लाटन ईब्राहिमोभिचको पेनाल्टी गोलसंगै मिलान क्लबले शीर्ष स्थानको युभेन्ट्समाथि पुनरागमन जित निकालेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा एड्रियन रोबोट र क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाएका थिए ।

सन् १९६१ म पछि रोनाल्डो सिरि ए मा २५ गोल गर्ने पहिलो खेलाडी बने । जुआन कुआड्राडोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले खेल नियन्त्रणमा राखेका थिए ।

तर ६२ औं मिनेटमा ईब्राहिमोभिचले पेनाल्टीमा घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे । थप ५ मिनेटको अन्तरमा फ्रेन्क किसी र राफेल लिओले एसी मिलानलाई ३–२ ले अघि बढाए । खेल सकिन १० मिनेट बाँकी रहदाँ एन्टी रेबिकले गोल गर्दै टोलीलाई  जित दिलाए ।

पछिल्लो खेलमा पराजित भएसँगै युभेन्ट्सले लिगमा स्पष्ट १० अंकको अग्रता लिने अवसर गुमाएको छ । 

मिलान क्लब ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एसी मिलान चौथो स्थानको एटलान्टा भन्दा १४ अंकले पछाडि छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया