चीनमा बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गयो, १५ जना घाइते

 असार २४, २०७७ बुधबार ८:४९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

मंगलबार गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडकको अवरोधका कारण बस पुलबाट तल जलाशयमा खसेको थियो ।

त्यहाँको स्थानीय पत्रिकाले जनाएअनुसार विश्वविद्यालयकाे प्रवेश परीक्षा गाओकाओ दिन गइरहेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । तर पनि बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको छैन । दुर्घटना कसरी भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ । 

 

गुइझाउ आगो नियन्त्रण विभागले १९ जना गोताखोरसहित १४१ जना अग्नि नियन्त्रकहरु डुबेकाहरुको खोजी र उद्धार कार्यमा निरन्तर लागिरहेको जनाएको छ । यस्तै प्रहरी र अरु उद्धार टोलीले पनि उद्धार कार्यमा सघाइरहेको विभागले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया