कास्कीमा थप १३ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि

 असार २४, २०७७ बुधबार १४:५७:१२ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कास्कीमा बुधबार थप १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताउनुभयो । कास्कीको पोखरा महानगरपालिकाका १० जना र मादी गाउँपालिकाका तीन जनामा कोरोना पोजिटिभ देखिएको हो । 

पोखरा महानगरपालिकाको २६, २५, ३१, ५१, ४५, २५, ४३, ३२, २५ र ३५ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण भएको हो । मादी गाउँपालिकाका २८ वर्षीय पुरुषका साथै ३५ र ३७ वर्षीया महिलामा कोरोना देखिएको शर्माले बताउनुभयो । 

सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय २९ पुगेको छ । 

आजसम्म गण्डकी प्रदेशमा कोरोनाबाट तीन जनाको  भएको छ भने तीन सय ५३ जना निको भइसकेका छन् ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया