प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप दुई सय ५५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय २३ पुगेको छ ।
यस्तै नेपालमा अहिलेसम्म सात हजार सात सय ५२ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई सय ५३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेकाे सङ्ख्या सात हजार सात सय ५२ पुगको हो ।
यो सङ्ख्या कुल सङ्क्रमितको ४७ दशमलव २ प्रतिशत हो । आजसम्म क्वरेण्टीनमा २५ हजार ४० जना र आइसाेलेशनमा आठ हजार ६ सय ३६ जना रहेका छन् ।