शेयर बजार दाेहाेराे अङ्कले घट्याे

 असार २४, २०७७ बुधबार १८:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार दाेहाेराे अङ्कले घटेको छ । नेप्से आज १० दशमलव १३ अङ्कले घटेर १३ सय २६ दशमलव ५३ बिन्दुमा झरेको छ ।

आज ट्रेडिङ र म्युचल फण्ड समूहको शेयर सामान्य बढे पनि अरु समूहको शेयर घटेको छ । आज जीवन बीमा समूहको शेयर ६० अङ्कले, निर्जीवन बीमा समूहको शेयर ३० अङ्कले र होटल समूहको शेयर ४२ अङ्कले घटेको छ ।

आज एक अर्ब सात करोड ८४ लाख रुपैयाँ बराबरका २९ लाख ७७ हजार कित्ता शेयर किनबेच भएका छन् ।

आज तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै सात प्रतिशत गुमाएका छन् । तर समग्र नेप्से घटे पनि सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया