कतारले आममाफी पाएका र घरफिर्ती केन्द्रमा रहेका १६१ नेपालीलाई स्वदेश पठायो

 असार २४, २०७७ बुधबार १९:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा घरफिर्ती केन्द्रमा रहेका र आममाफी पाएका १६१ जना नेपाली आज स्वदेश आइपुगेका छन् ।

कतारमा विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका तर यो समयमा आममाफी पाएका र कतारको विभिन्न कानुन उल्लङ्घन गरेर घर फर्कने क्रममा रही घर फिर्ती केन्द्रमा रहेका १६१ जना कतार एअरवेजको जहाजार्फत स्वदेश फर्किएका कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

उनीहरुको स्वदेश फिर्तीका लागि दूतावासले कतार सरकार र नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गरेको जनाएको छ । यसअघि १९ जुनमा पनि कतारले यस्तै प्रक्रिया अन्तर्गत ४३ जना नेपालीलाई नेपाल पठाएको थियो ।

कतारबाट समस्यामा परेका नेपालीहरु विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश फर्किरहेका छन् । हिमालय र नेपाल एअरलाइन्सका जहाजले नेपालीहरु ल्याइरहेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया