वेष्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्डकाे सामान्य सुरुवात, वर्षा बाधक

 असार २५, २०७७ बिहिबार ७:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरसका कारण स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट बुधबारदेखि सुरु भएको छ । इंग्ल्याण्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्टको पहिलो दिन वर्षा निकै बाधक बन्यो ।

पहिलो दिनको अधिकांश खेल बर्षाले विथोलिएको थियो । साउथह्याम्टनमा जारी टेष्टको पहिलो दिन इंग्ल्याण्डले पूरै दिनमा केहि समयमात्र ब्याटिङ गर्ने मौका पायो । उसले पहिलो दिन सकिंदा एक विकेट गुमाएर ३५ रन बनायो । जसमा उले १७ ओभर चार बलमात्र खेल्न पायो ।

वर्षाका कारण टसपछि साढे दुई घण्टा ढिलो भएको थियो । यस्तै टस जितेर पहिले ब्याटिङको निर्णय गरेर मैदानमा उत्रिएपछि पनि चौथो ओभरमा फेरि वर्षा भएपछि खेल निकैबेर रोकिएको थियो ।

१७ ओभर चार बलको खेल भएकोमा इंग्ल्याण्डले सामान्य सुरुवात गरेको छ । आज पनि साउथह्याम्टनमा बर्षा हुने संभावना देखिएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया