खोटाङमा पास्नीको भोज खाएका २५ जना बिरामी

 असार २५, २०७७ बिहिबार ९:४५:३९ | सुवास दर्नाल
unn.prixa.net

खोटाङ – खोटाङमा पास्नीको भोज खाएका २५ जना सिकिस्त बिरामी भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा बुधबार भोज खाएकामध्ये २५ जना सिकिस्त बिरामी भएका नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरप्रमुख रिजालका अनुसार बिरामी परेकाहरुमा बान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने र ढल्ने जस्तो लक्षण देखिएकोे  छ ।

बिरामीलाई उपचारका लागि राति नै जिल्ला अस्पताल दित्तेmल लगिएको थियो । बिरामीमध्ये १८ जना डिस्चार्ज भइसकेका छन् भने ७ जना उपचारकै क्रममा रहेका नगरप्रमुख रिजालले बताउनुभयो ।

बिरामी हुनेमा धेरैजसो बालबालिका रहेका छन् । बिरामी हुनुको कारण खुल्न नसके पनि ‘पूmड पोयजन’ भएको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।

उनीहरुले भोजमा मासुभातसँगै पेय पदार्थ ‘ट्याङजुस’ सेवन गरेका थिए । लामो समय भाँडामा राखिएको ‘ट्याङजुस’ पिएका कारण ‘पूmड पोयजन’ भएको हुन सक्ने डाक्टरको अनुमान छ । बिरामीको अवस्था सुधारोन्मुख रहेको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया