सुनको भाउमा नयाँ रेकर्ड

 असार २५, २०७७ बिहिबार १२:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुन आज  एकैदिन तोलामा ९ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै तोलाको ९२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ ।

सुन  हिजो तोलामा ६ सय रुपैयाँ बढेर  तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो । यसअघि  गएको असार १७ गते सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि महङगो भएको व्यवसायीले बताएका छन् ।  कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्ने गरेको छ ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८० रुपैयाँ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया