भारतमा अर्को वर्षको अन्त्यसम्ममा दैनिक झण्डै तीन लाख कोरोनाका बिरामी थपिन सक्छन् : एमआईटी

 असार २५, २०७७ बिहिबार १३:११:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सन् २०२१ को अन्त्यसम्ममा भारतमा दैनिक झण्डै तीन लाख जना कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमित हुन सक्ने एक अध्ययनले देखाएको छ ।

कोरोना महामारीकै बीच मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले गरेको एक अध्ययनले कोभिड १९ को उपचार तथा भ्याक्सिनको अभावले गर्दा अर्को वर्षको अन्त्यसम्म भारतमा दैनिक दुई लाख ८७ हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुन सक्ने देखाएको हो ।

एमआईटीका सोधकर्ताहरुले ८४ देशका ४ दशमलव ७५ अर्ब मानिसहरुको तथ्याङ्क अध्ययन गरेर महामारी विज्ञानको एउटा मोडेल विकास गरेका छन् । 

एमआईटीका प्रोफेसर हजीर रहमानदाद, जोन स्टरम्यान र पीएचडी शोधार्थी त्से याङ्ग लिमले गरेको अध्ययनले सन् २०२१ को हिउँदसम्म दैनिक कोरोना सङ्क्रमणको घटना देखिने दश देशको शीर्ष स्थानमा भारत रहेको छ ।
त्यसपछि अमेरिका, दक्षिण अफ्रिका, इरान, इण्डोनेसिया, बेलायत, नाइजेरिया, टर्की, फ्रान्स र जर्मनी रहेका छन् ।

अनुसन्धानकर्ताले यो अनुमान परीक्षणको अवस्था, व्यवहारगत तथा नीतिगत आधारमा संवेदनशील भएको जनाएका छन् । यो अनुमान भविष्यमा घट्ने घटनाको पूर्वानुमान नभएर यसलाई सम्भावित खतराको सङ्केतको हिसाबमा देख्नुपर्ने अनुसन्धानकर्ताको भनाइ छ ।

यस्तै तीव्र परीक्षणको कारण भविष्यमा सङ्क्रमित थपिने क्रममा कमी आउने पनि अनुसन्धानकर्ताले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया