न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै – संसद् सचिवालयले सरिता गिरीलाई सांसद पदबाट हटाएको छ । सङ्घीय समाजवादी पार्टीले गएकाे मङ्गलबार सरिता गिरीलाई पार्टीबाट निष्कासन गर्दै सांसद पदसमेत खारेज गरेको थियो ।
पार्टीको पत्र प्राप्त भएपछि सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना निकालेर सरिता गिरीलाई सांसदबाट निष्कासन गरेको जनाएको छ ।
नेपालको नयाँ नक्साको विरोध गरेको, पार्टीको ह्वीप नमानेको र संविधान संशोधन विधेयकमा संशोधन दर्ता गराएको भन्दै समाजवादी पार्टीले गिरीलाई पार्टी र सांसदबाट हटाइएको जनाएको छ ।