लमजुङको सातबिसेमा पहिरोले एकै घरका तीन जनाको ज्यान गयो

 असार २६, २०७७ शुक्रबार ६:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।

दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दीपक तामाङ, उहाँकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयाे । प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया