असार २८ पछि नेपालीको उद्धार स्थगित हुने

 असार २६, २०७७ शुक्रबार ७:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको चार्टर्ड उडान असार २८ गतेदेखि स्थगित हुने भएको छ ।

विभिन्न देशमा कोरोना महामारीपछि समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको उडान समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट नेपाली ल्याउन उडान नगर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान गरेको थियो । यो अवधिमा हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र अन्य विभिन्न विदेशप् जहाजहरु कतार एयरवेज, टर्किस एयरलायन्स, फ्लाई दुबई, जजिरा एयरवेज, कोरियन एअर, एअर अरेबिया, मलिण्डो, सलाम एअरलगायतले उडान अनुमति पाएका छन् ।

विदेशमा अलपत्र परेकाको स्वदेश फिर्तीका लागि मन्त्रालयले पहिलो चरणमा ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यसपछि पनि एअरलाइन्स कम्पनीले विभिन्न समयमा उडान तालिका सार्वजनिक गर्दै नेपालीको स्वदेश फिर्तीको काम भइरहेको छ ।

उद्धार नगरी नहुने अवस्थामा विशेष अनुमति दिने र स्वास्थ्य सामग्री ल्याउने कार्गो उडानलाई भने अनुमति दिने पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिले भएको चार्टर्ड उडानसम्बन्धि समिक्षापछि फेरि स्वदेश फिर्तीका लागि उडान हुने जनाएको छ ।

बिहीबारसम्ममा खाडी मलेसियासहित विभिन्न देशमा समस्यामा परेका १ सय ४८ उडानमार्फत २३ हजार १०४ जना नेपाली स्वदेश फर्किएका छन् ।

पछिल्लो पटक हिमालय र नेपाल एअरलाइन्सका स्वदेश फिर्तीमा संलग्न ‘क्याबिन क्रु’लाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सरकारले कुवेत, साउदी अरब, बहराइन, यूएई, कतार, मलेसिया, इजरायल, ओमान, साइप्रस, दक्षिण कोरिया, जापानबाट नेपालीहरु ल्याएको छ ।

यस्तै अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान लगायतका देशबाट पनि नेपालीहरु स्वदेश फर्किएका छन् ।

यस्तै आज पनि विभिन्न देशबाट नेपाली ल्याउन लिन जानका लागि विमानस्थलमा १० अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आज विभिन्न ६ उडानमार्फत नेपाली स्वदेश फर्कदै छन् ।

नेपाल एअरलाइन्सले कतारको दोहाबाट, मलेसियाको क्लालाम्पुरबाट नेपाली लिएर आउँदै छन् भने हिमालय एअरलाइन्सले साउदीको दमामबाट, कुवेतबाट, मलेसियाको क्लालाम्पुरबाट नेपाली लिएर आउँदैछन् । सलाम एअरले ओमानबाट नेपाली लिएर आउँदैछ भने कोरियन एअरबाट दक्षिण कोरियाबाट पनि नेपालीहरु आज स्वदेश फर्कंदैछन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Anwar Ansari

    July 10, 2020, 3:23 p.m.

    Dear concerned , Warm greetings ! For Qatar , we received a name list for 5000 plus Nepalese expats who are undermany circumstances, need to come Nepal. I was lucky to have my name on that list, however, I did not get my name to fly. Whom should I approach so that I can go to my home at earliest .

  •  0 Reply

तपाईको प्रतिक्रिया