नेकपा स्थायी कमिटी बैठक एक हप्ता स्थगित

 असार २६, २०७७ शुक्रबार ९:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मका लागि स्थगित भएको छ ।

आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको हो । देशभर भैरहेको वर्षाबाट जनधनको क्षति रोक्न पार्टी पंक्तिलाई उद्धार तथा राहतमा लाग्न निर्देशन सहित ७ दिनका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ ।

पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता र सहमतिको प्रयास भैरहेको छ । तर सहमति भने भैसकेको छैन । छलफल सकारात्मक बन्दै गएको नेताहरुले बताएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया