रुकुम पश्चिम : पहिरोमा आमाछोराको ज्यान गयो

 असार २६, २०७७ शुक्रबार १०:४५:५५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै पहिरो खस्दा एकै घरका दुई जनाको ज्यान गएको छ ।

आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीता दमाई र  उहाँका ६ वर्षीय  छोरा हाविल परियारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ८ वर्षीया छोरी हिरा परियारलाई भने नेपाल प्रहरी र स्थानीयबासिन्दाले सकुशल उद्धार गरेका छन् ।

शुक्रबार बिहान आठबिसकोट नगरपालिका–३ मा रहेको रेझेखोलामा आएको पहिरोले तुलबहादुर दमाईको घर पुरेको थियो । घरमा रहेका आमा छोराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनुभयो ।

चार जना सदस्य रहेको परिवारका तुलबहादुर दमाई काम विशेषले घर बाहिरै रहेकोले सकुशल रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया