साढे सात करोड राजस्व छल्ने २ कम्पनीविरुद्ध मुद्दा, भीसीटीएम पालना नगर्नेलाई ३० लाख रुपैयाँ जरिबाना

 असार २६, २०७७ शुक्रबार १३:५०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजस्व छलीकाे आरोपमा बुटवलको श्याम ग्लास इन्डस्ट्रिजलाई राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

सरकारलाई राजस्व नतिर्ने र कम तिर्ने उद्देश्यका साथ अन्तःशुल्क असुल नगरि कारोबार गरेको आरोपमा श्याम ग्लास इन्डस्ट्रिजलाई ६ करोड ६९ लाख रुपैयाँ बिगाे माग गरेर उच्च अदालत तुलसीपुर बुटबलमा मुद्दा दायर भएको विभागले जनाएको छ ।

राजस्व छलीकै आरोपमा महाशक्ति गुट्खा उद्योगविरुद्ध पनि ६३ लाख रुपैयाँ बिगो राखेर राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

यस्तै मालवस्तुको ढुवानी तथा सवारी साधनको अनुगमन प्रणाली भीसीटीएसमा बिल प्रविष्ट नगरेको आरोपमा १४ वटा फर्मलाई पनि विभागले जरिबाना गरेको छ । उनीहरुबाट ३० लाख ७५ हजार रुपैयाँ जरिबाना असुल गरिएको पनि विभागले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया