एनसेलले सुरु गर्‍याे वायर फ्री प्लस वाइफाइको प्री–बुकिङ

 असार २७, २०७७ शनिबार ७:३२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले वायर फ्री प्लस वाइफाइको प्री–बुकिङ् सुरु गरेको छ  । एनसेलका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने एनसेलले जनाएको छ  ।

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको हो । 

एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरीय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको छ । यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सकिने एनसेलले जनाएको छ  । 

एनसेलका अनुसार वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जीबी डाटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् ।

कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठूलो डाटा भोलुमसँगको बन्डलिङ सहित प्रि बुकिङ् लिदैछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्नेछन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने गरी करबाहेक ७९९ रुपैयाँ बाट सुरु हुन्छ । 

प्याकेजको समयसीमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५००, २,५०० वा ३,५०० रुपैयाँ तिर्नु पर्दछ । ४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहकले लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको अन्तरमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । 

यस वायरफ्री प्लस वाइफाइले ग्राहकलाई वायरलेस डाटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तव बताउनुहुन्छ ।

‘हामीलाई विश्वास छ यो सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटमा पहुँच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्ने छ’, उहाँले भन्नुभयो ।

सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेल्धुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध हुनेछ । विशेष योजना अन्तर्गत यो प्रि– बुकिङ सीमित अवधिको लागि मात्र ल्याइएको हो । 

यस्तै एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ । ‘प्लस’ थिमले नयाँ र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको एनसेलले जनाएको छ । 

व्यावसायिक उडान सञ्चालन भए एनसेलले श्रावणको तेस्रो हप्तादेखि यो सेवा सुरु गर्नेछ । यो सेवा सम्बन्धि थप जानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

यस्तै एनसेलको वायर फ्री प्लस वाइफाइ पेज https://www.ncell.axiata.com/wirefreeplus मा गइ विस्तृत जानकारी लिनुका साथै बुकिङ् गर्न सकिने एनसेलले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

2 Comments

  • Jayanand mishra

    July 15, 2020, 11:26 a.m.

    Good job,, I also need

  •  1 Reply
  • Gyaneswor Khan tharu

    July 11, 2020, 3:25 p.m.

    एनसेलले योजना ल्याएकोमा धेरै खुशी लागेको छ , तर हाम्रो गाउँ सम्म यो सुबिधा पुर्याउनुपर्यो एनसेलले /मेरो ठेगाना जीतपुर सिमरा उपमहानगरपालिका वार्ड नं १९ सानो मतिअरिया हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया