वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध

 असार २७, २०७७ शनिबार ७:५१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लगातारको वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका  २ कमेरेफाँटमा आज बिहान ५ बजे पहिरो जाँदा यो सडकखण्डमा गाडी चल्न सकेका छैनन् ।

यस्तै कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । गुराँस गाउँपालिका वडा नम्बर १ मा पनि आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यस्तै ठाउँठाउँमा पहिरो खस्दा म्याग्दिको बेनी जोमसोम सडकखण्ड पनि अवरुद्ध छ ।

यस्तै पहिरोका कारण अवरुद्ध काठमाण्डौ सिस्नेरी हुँदै मकवानपुर जाने सडकखण्ड अझै सञ्चालमा आएको छैन । ३ दिनअघि इन्द्रसरोवर गाउँपालिका ३ र ज्यामिरेमा  ठूलो पहिरो खस्दा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन नसकेको हो । अस्तिदेखि यो सडकखण्ड अवरुद्ध भएको हो । खुलाउने प्रयास भइरहे पनि कति समय लाग्छ भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ ।

यस्तै काठमाण्डौ फाखेल हुँदै हेटौँडा जाने बाटो पनि अवरुद्ध  नै छ । यहाँ पनि विभिन्न ठाउँमा पहिरो गएकाले अस्ति बिहीबारदेखि गाडी चल्न सकेका छैनन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया