कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल : विश्व स्वास्थ्य संगठन

 असार २७, २०७७ शनिबार १०:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल हुने बताएको छ ।  

संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताउनुभएको हो । जेनेभामा भएको अनलाइन सम्मेलनमा उहाँले अहिलेको स्थितिलाई हेर्दा भाइरस पूर्ण रुपमा अन्त्य गर्न नसकिने भएकाले जहाँ बढी फैलिएको छ, त्यहाँ फैलनबाट रोक्न सक्नुपर्ने र दोस्रो लहर आउन दिन नहुने बताउनुभयो ।

यसैबीच विश्व सवस्थ्य संठगनले गएको २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको जनाएको छ । संगठनका अनुसार गएको २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमित २ लाख २८ हजार १ सय २ जना थपिएका छन् । यीमध्ये अधिकांश अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन् ।

विश्वमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या १ करोड २६ लाख २५ हजारभन्दा धेरै रहेका वल्डोमिटरले जनाएको छ । यस्तै भाइरसका कारण ५ लाख ६२ हजार ७ सयभन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकाको नेश्नल इन्स्च्यिुड अफ एलर्जी इन्फेक्सियस डिजिजका  प्रमुख डाक्टर एन्थोनी फाउचीले लकडाउन खोल्न हतार गर्दा अमेरिकामा मानवीय क्षति धेरै भएको बताउनुभएको छ ।  यसैबीच कजाकिस्तानले निमोनियाजस्तो देखिने पहिचान नभएको रोग कोरोना सङ्क्रमण नभएको दावी गरेको छ ।

त्यहाँका सञ्चारमाध्यमहरुले यस्तो स्वास्थ्य समस्या देखिएको समाचार प्रकाशन गरेका थिए । तर त्यहाँस्थित चिनियाँ दूतावासले कोरोनाजस्तै देखिने निमोनियाबाट कजाकिस्तान जुधिरहेकाले आफ्ना नागरिकलाई सजग रहन भनेको बीबीसीको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया