ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र कोरोना सङ्क्रमणको नियन्त्रण बाहिर, सहयोग गर्न राष्ट्रसंघको आग्रह

 असार २७, २०७७ शनिबार ११:७:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै गएको छ । अहिलेसम्म एक करोड २६ लाखभन्दा बढी मानिस यस भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने पाँच लाख ६२ ह्जारभन्दा बढीको ज्यान गइसकेको छ ।

यस्तै ७३ लाखभन्दा बढी बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार अहिले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा कोरोना सङ्क्रमणको दर तीव्र छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले अमेरिका र क्यारेबियन देशहरुमा अवस्था नियन्त्रण बाहिर रहेको भन्दै ती देशहरुले आफ्नो प्रयास बढाउनुपर्ने बताएका छन् । 

यो क्षेत्रमा गरिबीको दर ३० दशमलब २ प्रतिशतबाट बढेर ३७ दशमलब २ प्रतिशत पुगेको र यसले अघिल्लो वर्षको तुलनामा २३ लाख मानिसलाई प्रभावित गर्ने भन्दै गुटरेसले यो क्षेत्रमा आर्थिक सहायता गर्न विश्व समुदायलाई समेत आग्रह गरेका छन् ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया