म्याग्दीमा पहिरोमा पुरिएका २१ मध्ये ८ जनाको शव भेटियो

 असार २७, २०७७ शनिबार १३:१२:४३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – धवलागिरि गाउँपालिका ६ काे मराङमा पहिरोमा परेर बेपत्ता भएकामध्ये आठ जनाको शव भेटिएको छ । मराङमा बेपत्ता २१ मध्ये आठ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मराङको पहिरोमा परेर अन्य आठ जना घाइते भएका छन् भने अहिलेसम्म अलपत्र परेका सात सय १० जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

अहिले घाइतेहरुको प्रभु एअरको हेलिप्टरमार्फत उद्धार गर्ने काम भइरहेको छ । घटनास्थलमा प्रहरी, स्थानीय, जनप्रतिनिधिलगायतले खोजी र उद्धारको काम गरिरहेका छन् ।

घटनास्थलमा सांसद भूपेन्द्रबहादुर थापा, पूर्व सांसद नवराज शर्मा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरसहितको टोली पुगेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया