न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
बैतडी – भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट तीन दिनको अवधिमा एक सय ३७ जना स्वदेश फर्किएका छन् ।
अन्तर्राष्ट्रिय सीमा बन्द भएका कारण सीमापारि रहेका नेपालीहरु स्वदेश फर्केका हुन् । यस्तै चार सय ३८ जना भारतीय पेन्सनधारी नेपालीहरुले पेन्सन बुझेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।
लकडाउनकाे कारण पेन्सन बुझ्न नसकेका नागरिकको समस्यालाई समेत ध्यानमा राखेर बुधबारदेखि तीन दिनकाे लागि झुलाघाट नाका खोलिएको थियो । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा नाका खोलिएको हो । यस्तै नाका खुला भएपछि नेपालबाट २९ जना भारतीय नागरिक पनि आफ्नो देश फर्केका छन् ।
भारतबाट पेन्सन बुझ्ने धेरै नागरिकले अझै पनि पेन्सन बुझ्न बाँकी रहेकाेले फेरी नाका खोल्नकाे लागि भारतीय पक्षलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।
फेरि केही दिनकाे लागि नाका खोल्न जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको पिथौरागढ प्रशासनलाई पत्र लेखेको उहाँले बताउनुभयो ।