म्याग्दीमा पहिराेमा पुरिएकाे ३४ मध्ये १८ जनाकाे शव भेटियाे

 असार २७, २०७७ शनिबार १४:५९:३१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा पहिरोमा पुरिएका ३४ जनामध्ये १८ जनाको शव भेटिएको छ ।

धवलागिरि गाउँपालिका ६ मराङ र मालिका गाउँपालिका ७ काे बिममा गएको पहिरोमा परेर हराएकामध्ये १८ जनाको शव भेटिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । मराङमा १० जना र बिममा आठ जनाको शव भेटिएको हो ।

मराङमा पहिरोमा पुरिएकामध्ये रिखामा बेपत्ता भएकाहरुमध्ये सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीका १८ वर्षीय छोरा प्रकाश केसी गरी १० जनाको शव भेटिएको हो ।

यस्तै बिमको पहिरोमा पुरिएकामध्ये विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, र उहाँका तीन महिनाकाे छोरा तथा विष्णु नेपाली र सन्दीप नेपाली गरी आठ जनाको शव भेटिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

अहिले पहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतको काम भइरहेको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया