काजकस्तानको निमोनिया कोभिड–१९ हुन सक्छ : विश्व स्वास्थ्य सङ्गठन

 असार २७, २०७७ शनिबार १९:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काजकस्तानमा पछिल्लाे समय देखिएको भनिएको निमोनियाको प्रकोप पनि कोभिड–१९ हुन सक्ने बताएको छ । यो विषयमा डब्ल्यूएचओका स्वास्थ्य विज्ञहरुले अनुसन्धान थालेका छन् ।

यसअघि केही दिनअघि मात्र काजकस्तानमा निमोनियाजस्तो देखिने अज्ञात रोगको प्रकोप फैलिएको समाचार आएको विश्व स्वास्थ्य सङ्गठनका कार्यकारी निर्देशक माइकल रायनले जानकारी दिए ।

यस प्रकोपबाट पछिल्ला केही दिनयता मात्र काजकस्तानमा एक हजार सात सयभन्दा बढी नागरिकको ज्यान गएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका कार्यकारी निर्देशक रायनका अनुसार काजकस्तानमा कोरोनाको महामारी बढिरहेको र पछिल्लो हप्ता दिनमा मात्र १० हजार जनालाई कोरोना सङ्क्रमण देखिएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया