बलिउड अभिनेता अमिताभ र अभिषेकलाई कोरोना सङ्क्रमण

 असार २७, २०७७ आइतबार ०:२५:१४ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता अमिताभ बच्चनसँगै उहाँका  छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिनुभएको छ । अहिले उहाँहरुका परिवारका अरु सदस्यकोसमेत  कोरोना परीक्षण भइरहेको छ । परिवारका सदस्यको रिपोर्ट भने आज आउने जनाइएको छ । 

अभिनेता अभिषेकले सबैलाई शान्त रहन र नआत्तिन आग्रह समेत गर्नभएको छ ।

अमिताभले पनि ट्वीटरमार्फत् गएको १० दिन भित्र आफ्नो सम्पर्कमा आउनेहरुलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गर्नुभएको छ । बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Dipak Sapkota

    July 12, 2020, 7:41 a.m.

    राम्रो हुन्छ , ढुक्क हुनुस /

  •  0 Reply

तपाईको प्रतिक्रिया