मास्क लगाएपछि ट्रम्पको चर्चा

 असार २८, २०७७ आइतबार ८:४:९ | एजेन्सी
unn.prixa.net

कठमाण्डौ – कोरोना महामारी सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक स्थलमा पहिलोपटक मास्क लगाउनुभएको छ । 

घाइते सिपाही तथा स्वास्थ्यकर्मीहरुको उपचार भइरहेको वाल्टर रिड सैन्य अस्पताल पुग्दा ट्रम्पले मास्क लगाउनुभएको हो । मास्क लगाएपछि उहाँको फेरि चर्चा सुरु भएको छ ।

उहाँ पहिलेदेखि नै मास्क लगाउने विषयलाई लिएर विवादमा आउनुभएको थियो । उहाँले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्दी नेता जो बिडेनले मास्क लगाएको बारेमा समेत ठट्टा गर्नुभएको थियो । 

तर शनिबार सैन्य अस्पताल पुग्दा भने उहाँ कालो मास्कमा देखिनुभएको थियो । ह्वाइट हाउसबाट अस्पतालतिर जाने क्रममा उहाँले आफू कहिल्यै पनि मास्कको विरोधमा नभएको र हरेक कुराको निश्चित समय र स्थान हुने बताउनुभएको थियो । 

शनिबार उहाँले मास्क बारेमा सधैंको भन्दा फरक अभिव्यक्ति दिनुभयो । उहाँले भन्नुभएको छ, ‘मलाई लाग्छ, जब तपाईं अस्पताल अथवा कुनै निश्चित क्षेत्रमा धेरै मानिससँग कुरा गर्नुहुन्छ भने त्यो समयमा मास्क लगाउनु निकै जरुरी हुन्छ ।’

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया