एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले प...
बैशाख ७, २०८१ शुक्रबार
पर्वत – अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–८ चुवाको भीरमा पहिरो जाँदा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा पोखरा हुँदै पर्वतको लागि छुटेका गाडी दोबिल्लामा रोकिएका छन् भने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरातर्फ गुडेका गाडी चुवा र कुश्मामा रोकिएका छन् ।
पहिरो हटाउनका लागि प्रयास भइरहे पनि घण्टौं समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताउनुभयो । अहिले एकतर्फी रुपमा सडक सञ्चालन गर्ने प्रयास भैरहेको उहाँले बताउनुभयो ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।