सलहको अर्को झुण्ड नेपालमा, प्युठान र अर्घाखाँचीमा क्षति गर्न सक्ने

 असार २८, २०७७ आइतबार १७:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सलहको अर्को झुण्ड पनि नेपाल प्रवेश गरेको छ । बिहान साढे ९ बजेतिर दाङको गढवा गाउँपालिका हुँदै एउटा झुण्ड र दिउँसो एक बजेतिर राप्ती नगरपालिका हुँदै अर्को झुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

बिहान केहीबेर घाम लागेको बेला नेपालतर्फ प्रवेश गरेको सलहको झुण्ड दाङमा स्थानीयबासीन्दाले धपाएपछि त्यहाँ नबसी प्युठान र स्याङ्जातर्फ अघि बढेको तर अहिले कहाँ पुगेका छन् भन्ने थाहा नभएको सुवेदीले बताउनुभयो । 

दुई पटक गरी प्रवेश गरेको झुण्डमा अनुमानित १०/१२ लाखको सङ्ख्यामा सलह किरा रहेको उहाँले बताउनुभयो । सलहले प्युठान, अर्घाखाँचीलगायतका अरु छिमेकी जिल्लाहरुमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । 

आज आएका झुण्डको साथै थप झुण्डसमेत नेपाल आउन सक्ने सम्भावना रहेकोले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा पनि सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया