इंग्ल्याण्डमा १ सय ४ वर्षकी महिला अस्पताल भर्ना नै नभई कोरोना जित्न सफल

 असार २९, २०७७ सोमबार ७:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्ल्याण्डको केन्टमा  १ सय ४ वर्षकी महिलाले  कोरोनालाई जित्नुभएको छ ।

१ सय ४ वर्षकी ग्रेस ग्रीनवुडले  अस्पलतालमा  भर्ना नै नभई कोरोनालाई जित्नुभएको बीबीसीको खबरमा उल्लेख छ । उहाँ गएको तीन हप्तादेखि आफ्नो ओच्छ्यानबाट उठ्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । श्वास फेर्नका लागिसमेत उहाँलाई समस्या भएको थियो ।  

ग्रेसले  निक्कै मुश्किल समय बिताएको परिवारका सदस्यले बताएका छन्  । परिवारका सदस्य भन्छन्, 'ग्रिसले जीवनको आधा हिस्सा रोगसँग गुजार्नुभयो, त्यसैले उहाँलाई चुनौतीसँग लड्न हिम्मत मिल्यो, र आफ्नो बृद्ध उमेरका बाबजुत पनि अस्पताल जान परेन र कोरोनालाई जित्न सफल हुनुभयो ।'

लण्डनमा मेक अप आर्टिस्टको रुपमा काम गर्ने उहाँकी नातिनी क्रिस्टल अपोलोनिया भन्नुहुन्छ, ‘केही हप्ता पहिला ग्रिस बिरामी पर्नुभयो ।  त्यसपछि डाक्टरले कोरोना भएको भनेपछि निक्कै डरायौँ । हामी बसेको ठाउँमा पनि कोरोनाका कारण धेरै जनाको ज्यान गइसकेको थियो ।’

तर अहिले कोरोना पोजेटिभ हुँदैमा आत्तिनु हुँदैन भन्ने लागेको उहाँ  बताउनुहुन्छ । बृद्ध उमेरका मानिसले पनि एक्सरसाइज भने  नियमित गर्नुपर्ने उहाँले बताउनुभयो । 

ग्रेसको जन्म म्यान्मारमा भएको थियो । उहाँले केही वर्ष भारतमा काम गरेर इङ्ल्याण्ड जानुभएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया