केही ठाउँमा ठूलो वर्षा

 असार २९, २०७७ सोमबार ७:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । स्याङ्जाको आँधीखोला, बाँधखोला लगायत साना नदीमा आकश्मि बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै नवलपरासीको डण्डा, कावासोती र आसपासका साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 
ठूलो पानी पर्ने ठाउँमा बाढी र पहिरोको जोखिम छ 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया