नारायणी, कोशी, वाग्मती र कन्काईमा बाढीको जोखिम

 असार २९, २०७७ सोमबार ९:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नारायणी नदीमा पानीको सतह खतराको तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणीमा बहाव सतर्कतादेखि खतरा आसपास पुग्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । त्यस्तै कोशी, वाग्मती, कन्काई नदीमा पानीको बहाव सतर्कता आसपास पुग्ने महाशाखाको अनुमान छ ।

प्रदेश २ का भारतीय सीमा आसपासका साना नदी र डुबान भइरहने होचा ठाउँमा पनि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र आसपास मध्ययमदेखि भारी वर्षा भईरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशको एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया