प्युठान पुगेको सलहलाई कृषकको अवरोध, आकाशमै घुम्दै

 असार २९, २०७७ सोमबार १४:३४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार नेपाल प्रवेश गरेको सलह किराको झुण्ड अहिले प्युठानको झिमरुक गाउँपालिका आसपासमा रहेको छ । दाङको गढवा हुँदै नेपाल आएको झुण्ड केही समयदेखि झिमरुकको माथितर्फ घुमिरहेको र बस्न खोज्दा स्थानीयबासीन्दाले भगाइरहेका छन् । 

स्थानीयबासीन्दाले आगो बाल्ने, आवाज निकाल्नेलगायतका क्रियाकलाप गरेकाले बस्न नसकेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

नेपालबाट नजिकै भारतको लखनउलगायतका ठाउँमा अरु झुण्ड पनि रहेका छन् । ती झुण्ड जुनसुकै बेला नेपाल आउन सक्ने भएकाले बाँके, बर्दिया, रुपन्देहीलगायतका जिल्लामा उच्च सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो । 

यसैबीच जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रयास थालिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा कृषि विपद्को बैठक बसेर सलहबाट बालीनाली जोगाउने उपायका बारेमा किसानलाई जानकारी गराउने र सरकारको तर्फबाट पनि विभिन्न काम गर्ने तयारी सुरु भएको कृषि कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया