दम्पती हत्या प्रकरण : १४ वर्षपछि अभियुक्त पक्राउ

 असार २९, २०७७ सोमबार १५:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौको सीतापाइलाका नातीकाजी सुवेदी र उहाँकी श्रीमती सानु सुवेदीको हत्या गरेर भागेका जयकिशोर साह १४ वर्षपछि पक्राउ परेका छन् । 

सुवेदी दम्पतीले चलाएको कान्तिपुर मिलमा काम गर्ने सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले सामान्य विवादकै क्रममा २०६३ सालको पुसमा उनीहरुको हत्या गरेर फरार रहेका थिए ।

हत्यापछि उनीहरु दुवै जना भारतको लखनउमा बसेको र प्रताप रानाले साथ छाडेपछि जयकिशोर साहले जय शर्माको नामबाट भारतीय आधार कार्डसमेत बनाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । 

घटनामा बाँच्न सफल विलभ सुवेदीसँगको निरन्तर सम्पर्क र अन्तर्राष्ट्रियस्तरमा समन्वय गरेर सुराकी परिचालन गर्दा साहलाई बाँकेको सीमा क्षेत्रबाट पक्राउ गर्न सफल भएको सीआईवीले जनाएको छ । घटनामा संलग्न बाँकेका प्रताप रानाको पनि खोजी भइरहेको छ ।

घटनाका अर्का अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने सीआईबीले बताएको छ ।                             


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया