थप १४४ जनामा काेराेनाकाे सङ्क्रमण, सङ्क्रमितकाे सङ्ख्या १६ हजार ९४५ पुग्याे

 असार २९, २०७७ सोमबार १६:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  – नेपालमा साेमबार थप एक सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

साेमबार थपिएकासहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १६ हजार नाै सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सङ्क्रमण पुष्टिभएकामध्ये अहिलेसम्म १० हजार दुई सय ९४ जना निको भएर घर फर्किएकाे र सक्रिय सङ्क्रमित ६ हजार ६ सय १३ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ । 

सोमबार नेपालमा एक सय ४४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिँदा एक हजार सात सय ९४ जना निको भएर घर फर्किएका छन् । 

मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा एक सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार पाँच हजार आठ सय ४६ जनाकाे पीसीआर परीक्षण गर्दा एक सय ४४ जनामा काेराेना पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

अहिले प्रदेश नम्बर १ मा एक सय ८३, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७२ र वाग्मती प्रदेशमा चार सय ५८ जना सङ्क्रमित अहिले विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा चार सय ९८, प्रदेश नम्बर ५ मा सात सय २९, कर्णाली प्रदेशमा तीन सय ६१ र सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय १२ जना सङ्क्रमितकाे उपचार भइरहेकाे छ । 

अहिलेसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा चार जना, वागम्ती प्रदेशमा नाै जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाकाे कारण मृत्यु भएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया