भोलिदेखि बिजुली बस चल्ने, बढी भाडा नलिने

 असार २९, २०७७ सोमबार १७:४०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा बिजुली बस सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालीले मङ्गलबारदेखि सेवा दिने भएको छ । 

सोमबार प्रेस विज्ञप्ति निकाल्दै कम्पनीले सरकारको निर्णय अनुसार मङ्गलबारदेखि बस सञ्चालन गर्न लागेको जानकारी दिएको हो । 

यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र बसको हरेक राउण्डमा डिसइन्फेक्शन गरिने कम्पनीले जनाएको छ । 

कम्पनीकी प्रशासन प्रमुख सरिता याेगीमार्फत निकालिएको विज्ञप्तिमा पुरानै भाडादरमा सेवा दिने उल्लखेख छ । ‘सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइ पुरानै भाडामा यात्रा गराउने समेत व्यहोरा अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ । 


  
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया