सङ्खुवासभा पहिरो : पीडितलाई राहत पुर्‍याउन समस्या, खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन सकेन

 असार २९, २०७७ सोमबार १८:१८:७ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ का पहिरो पीडितका लागि राहत सामाग्री लिएर गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि सदरमुकाम खाँदबारीमै फर्किएको छ ।

पीडितहरुको लागि टेन्ट, खाद्यान्न, औषधिलगायतका सामग्री लिएर विराटनगरबाट गएको हेलिकप्टर बाक्लो कुहिरोकाे कारण अवतरण  हुन नसकेपछि सदरमुकाम खाँदबारी फर्किएको हो । 

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले घटनाबारे जानकारी गराउनुभएको हो । सिलिचोङमा शनिबार राति गएको पहिरोमा परि ११ जना हराइरहेका छन् भने ७३ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरुलाई पहिरो गएको ठाउँभन्दा केहीमाथि चित्रे भने ठाउँमा सारिएको छ । 

तर चित्रेमा केही घरमात्र रहेकोले घरबार गुमाएर त्यहाँ गएकाहरुलाई राख्न समस्या भएको छ । राहत सामग्रीसमेत नपुग्दा उनीहरुको बिचल्ली भएको छ । सदरमुकामबाट ६० जना सुरक्षाकर्मीको टोली दिउँसो पुगेर खोजी तथा उद्धारकाे काम गरिरहेको छ । खोजी भइरहेको भए पनि हराइरहेकाहरु अहिलेसम्म भेटिएका छैनन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया