९६ हजार घुससहित उद्याेग अधिकृत पक्राउ

 असार ३०, २०७७ मंगलबार १३:३२:५६ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत हुकुमबहादुर वली घुस रकमसहित पक्राउ परेका छन् । वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलबार पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले वलीलाई ९६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जानकारी दिनुभयो । 

वलीले निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया