कोरोना प्रकोप : सिङ्गापुरमा आर्थिक मन्दी, विश्वको लागि खतराको सङ्केत

 असार ३०, २०७७ मंगलबार १३:४६:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – समाचार एजेन्सी रोयटर्सका अनुसार सिङ्गापुर यो वर्षको दोस्रो त्रैमासिकमा आर्थिक मन्दीमा प्रवेश गरेको छ । सिङ्गापुरको अर्थव्यवस्थामा दोस्रो त्रैमासिकमा ४१ दशमलव २ प्रतिशतको गिरावट देखिएको हो । 

वाणिज्य मन्त्रालयका अनुसार गएको वर्षको तुलनामा अप्रिलदेखि जुनबीच सिङ्गापुरको अर्थव्यवस्थामा १२ दशमलव ६ प्रतिशतको दरले गिरावट आएको छ । कोरोना भाइरसको सङ्क्रमण दर रोक्न लगाइएको कडा प्रतिबन्धको कारण यो अवस्था आएको बताइएको छ । 

विश्वको खुला अर्थव्यवस्थामध्ये एक सिङ्गापुरको अर्थव्यवस्थामा गिरावट देखिएको यो दोस्रो हप्ता हो । 

पछिल्लो १० वर्षमा पहिलो पटक सिङ्गापुर आर्थिक मन्दीतर्फ धकेलिएको हो । 

सिङ्गापुरको वाणिज्य मन्त्रालयले आफ्नो बयानमा भनेको छ– दोस्रो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि भारी गिरावट आएको छ । ‘यसो हुनुमा ७ अप्रिलदेखि १ जुनबीच कोरोना भाइरसको सङ्क्रमण दर कम गर्नको लागि लगाइएको प्रतिबन्ध जिम्मेवार छ । प्रतिबन्धका कारण सबै अत्यावश्यकबाहेकका सेवा र प्रायः सबैजसो क्षेत्र बन्द गरिएको थियो’, बयानमा भनिएको छ । 

अर्थव्यवस्थामा यो सङ्कुचन आउनु पछाडि विश्वभरमा आइरहेको आर्थिक गिरावटको कारण बाहिरी मागमा आएको कमीलाई पनि मान्न सकिने सरकारी बयानमा भनिएको छ । 

विश्वको व्यापारको अर्थव्यवस्थालाई नियाल्दै आएको ब्यारोमिटरले सिङ्गापुरको डरलाग्दो आँकडा विश्वकै अर्थव्यवस्थाको लागि खतराको सङ्केत दिइरहेको जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया