८५ हजार घुससहित गाउँपालिकाका सूचना अधिकारी पक्राउ

 असार ३०, २०७७ मंगलबार १६:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – कैलालीमा गाउँपालिकाका सूचना अधिकारी ८५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  

जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

 सीपमूलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा जोशीलाई पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया