कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार नाघ्यो, २४ घण्टामा ११६ जनामा सङ्क्रमण

 असार ३०, २०७७ मंगलबार १६:३६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा एक सय १६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितकाे कुल सङ्ख्या १७ हजार ६१ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलशनमा ६ हजार ६ सय ९५ जना सङ्क्रमितकाे उपचार भइरहेकाे छ । 

मङ्गलबार ३४ जना डिस्चार्ज भएसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्‍त भएर घर फर्किनेकाे सङ्ख्या १० हजार तीन सय २८ पुगेको छ । यस्तै पछिल्लाे २४ घण्टामा चार हजार तीन सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म दुई लाख ९३ हजार सात सय ३९ जनाको पीसीआर परीक्षण भएको छ ।

देशभरिका विभिन्न क्वरेण्टीनमा २४ हजार सात सय १६ जना रहेका छन् । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया