सुनको भाउ अहिलेसम्मकै महँगाे

 असार ३१, २०७७ बुधबार ११:४५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । 

सुनको भाउ आज तोलाको ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले सुनको भाउ महँगाे भएको महासङ्घ ले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो । 

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले आज रेकर्ड बनाएको छ । 

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ५ रुपैयाँ पुगेको छ । भाउ महँगाे हुन थालेपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीको भनाइ छ ।

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • kp

    July 15, 2020, 2:03 p.m.

    सुनको भाउ महँगो हुनुको कारण लकडाउन कसरी भयो ? यस्तो वेलामा त माग घटेर सस्तो हुनुपर्ने ।

  •  0 Reply

तपाईको प्रतिक्रिया