भारत : सञ्चालनमा आएको एक महिना नबित्दै ४ सय करोडको पुल भत्कियो

 साउन १, २०७७ बिहिबार १२:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको बिहार राज्यमा एक महिना पहिले उद्घाटन गरिएको सत्तरघाट महासेतु पुल भत्किएको छ । 

दुई सय ६४ करोड भारतीय रुपैयाँ (चार सय २२ करोड नेपाली रुपैयाँ) मा बनाइएकाे पुलको बिहारका मुख्यमन्त्री नीतिश कुमारले ठिक एक महिना पहिले अर्थात् १६ जुनमा उद्घाटन गरेका थिए । 

बुधबार राति परेको भारी वर्षाकाे कारण गण्डक नदीमा पानीको मात्रा बढ्दा त्यसको भार थाम्न नसकेर पुल भत्किएको बताइएको छ ।

सन् २०१२ बाट निर्माण सुरु गरिएको यो पुल आठ वर्ष लगाएर एक महिना पहिलेमात्र सम्पन्न भएको थियो । बिहारको गोपालगञ्जलाई चम्पारण तथा तिरहुतका धेरै जिल्लासँग जोड्ने यो पुल भत्किएपछि यी क्षेत्रमा आउने जाने बाटो बन्द भएको छ । 

यो पुल निर्माणमा मुख्यमन्त्री नीतिश कुमारले भ्रष्ट्राचार गरेको भन्दै बिहारमा उनको तीव्र आलोचना भइरहेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया