भारतमा एकैदिन अहिलेम्मकै धेरै ३२ हजार ६९५ जनामा कोरोना सङ्क्रमण

 साउन १, २०७७ बिहिबार १३:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अब भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या नौ लाख ६८ हजार आठ सय ७६ पुगेको छ । त्यस्तै कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २४ हजार नौ सय १५ पुगेको छ ।

न्यूज एजेन्सी एएनआईको खबरअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ६ सय ६ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म ६ लाखभन्दा धेरै उपचारपछि निको भएर घर फर्किएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रेस इन्फर्मेशन ब्युरो (पीआईबी) को प्रतिवेदनअनुसार भारतमा कोरोना सङ्क्रमणपछि निको हुने दर ६३ प्रतिशतभन्दा धेरै छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३१ हजार एक सय ४६ छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया