बाँकेमा सलह : कहिले यता, कहिले उता

 साउन १, २०७७ बिहिबार १३:१४:४१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – सीमावर्ती भारतीय क्षेत्रबाट बुधबार नरैनापुर हुँदै बाँके प्रवेश गरेको सलह किरा बिहीबार पनि जिल्लाका विभिन्न भागमा घुमिरहेको छ । 

नरैनापुरबाट डुडुवा गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका हुँदै सलहको हुल बिहीबार दिउँसाे खजुरा गाउँपालिकाबाट उत्तर–पश्चिमतर्फ लागेकोमा बैजनाथबाट फेरि दक्षिणतर्फ फर्किएकाे छ । सलहले बालीनालीमा क्षति पुर्‍याएकाे किसानले जनाएका छन् ।

सलहले तरकारीबाली, मकै, आँप, बदाम, धान, दलहनबाली लगायतमा क्षति पुर्‍याएकाे छ । किसानहरुले बारीमा पुगेर थाल ठटाएर भगाएका कारण कम क्षति भएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालका अनुसार बाँकेमा देखिएको सलहको झुण्ड मध्यम र क्षति गराउन सक्ने खालको हो । कृषि ज्ञान केन्द्रको टोलीले सलहकाे निगरानी गरिरहेकाे छ ।   

अन्तिम अपडेट: बैशाख २, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया