टेलिकमको सर्भर ह्याक गर्ने कम्प्युटर अपरेटर पक्राउ

 साउन १, २०७७ बिहिबार १४:२९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । 

टेलिकमको सर्भर ह्याक गर्ने धनकुटाको पाख्रिबास नगरपालिका ५ का २८ वर्षीय दिवाकर देउजालाई ब्युरोको टोलीले धनकुटाबाट नै पक्राउ गरेको हो । पक्राउ परेका देउजालाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन बिहीबार नै नेपाल प्रहरी साइबर ब्युरो काठमाण्डौ पठाएको ब्युरोले जनाएको छ । 

देउजाले टेलिकमको मोबाइल एपको सर्भर प्रणालीभित्र गैरकानुनी रुपमा पहुँच स्थापना गरी प्याकेज प्रयोग तथा बिक्री गरी आर्थिक लाभ लिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 

पक्राउ परेको देउजा शहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको ब्युरोले निकालेको विज्ञप्तिमा उल्लेख छ । उनको साथबाट ल्पायटप दुई थान र मोबाइल दुई थान बराबद भएको छ ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया