बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयकाे कार्ययोजना

 साउन १, २०७७ बिहिबार १६:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्ययोजना बनाएको छ ।

तोकिएको समयमा बजेट कार्यान्वयन, वित्तीय पारदर्शिता तथा खरिद र टेण्डर आह्वानमा एकरुपता ल्याउन अर्थ मन्त्रालयले कार्ययोजना बनाएको हो । 

मन्त्रालयले बजेट कार्यान्वयनको विषयमा विकास आयोजनासँग सम्बन्धित विभिन्न मन्त्रालयसँग छलफल गरी मार्गदर्शन समेत बनाएर पठाएको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोजनालगायत विकास निर्माणका लागि पहिलो चौमासिक भित्र टेण्डर गरिसक्नुपर्ने छ । यस्तै नयाँ नियमावली आवश्यक परे भदौ महिनाभित्र र नयाँ कानुनकाे लागि कात्तिक महिनाभित्र मस्यौदा तयार गरी मङ्सिर महिनामा संसदमा लैजाने गरी तयारी गर्नुपर्ने नियम कार्ययोजनामा उल्लेख गरिएको छ । 

चालु आर्थिक वर्षकाे लागि ल्याइएको बजेट कार्यान्वयनकाे लागि सम्बन्धित सबै निकायसँग छलफल भइरहेको पनि अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले चालु आर्थिक वर्षकाे लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ । 

यसपालिको बजेटको आकार अघिल्लो आर्थिक वर्षकोभन्दा ५८ अर्ब ३४ करोड रुपैयाँ कम छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया